प्रसुती अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रोगजन्य परीक्षण सेवाको उद्घाटन गर्नुभएको हो ।
अस्पताल निर्देशक डा.श्रीप्रसाद अधिकारीले नवजात शिशुलाई अर्काल मृत्युबाट जोगाउने उद्देश्यले हाल परीक्षणका रुपमा सेवा सुरु गरेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिए त्यो दरमा कमी ल्याउन सकिनेछ ।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु गर्नु अस्पतालको महत्वपूर्ण प्रयास भएको बताउनुभयो ।
बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण रहेको उहाँको भनाई छ ।
मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने वचन दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत