नरदेवी आयुर्वेद अस्पतालले माग्यो करारमा कर्मचारी
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नरदेवी आयुर्वेद चिकित्सालयले केही कर्मचारी माग गरेको छ ।
अस्पतालले विभिन्न पदमा गरी १० जना करार कर्मचारी माग गरेको हो । सबैभन्दा बढी ४ जना स्टाफ नर्सको माग गरिएको छ । साथै रेडियोलोजिष्ट १ र अकुपञ्चर सहायक २ जना मागिएको छ ।
ल्याब असिष्टेन्ट, कम्प्युटर अपरेटर, र बैद्य १–१ जना माग गरिएको छ । योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र निवेदन दिन आयुर्वेद चिकित्सालय आह्वान गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत