पिसीआरका लागि ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राखिने
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि देशभरका सरकारी तथा निजी प्रयोगशालाहरुलाई पिसीआर परीक्षणका लागि तयारी अवस्थामा राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षणका लागि प्रयोगमा आएका ८४ वटा प्रयोगशालाई तयारी अवस्थमा राख्ने निर्णय गरेको हो ।
संक्रमण घट्दै गएपछि पिसीआर परीक्षणका लागि सीमित प्रयोगशाला तोकिएको थियो तर अहिले संक्रमण बढेकाले सबै प्रयोगशालाई तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यसअघि ४८ सरकारी र ३६ निजी प्रयोगशालाले पिसीआर परीक्षण गर्दै आएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत