रुकुमपश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर
अ +
अ -
कर्णाली प्रदेशको रुकुमपश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार (आज) बिहान चौरजहारी नगरपालिका वडा नम्बर ८ को गोइरीज्यूला पुल नजिकै दुर्घटना हुँदा जिपमा सवार २२ जना घाइते भएका हुन् ।
चौरजहारी १० खोलागाउँदेखि सदरमुकाम मुसिकोट जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको उपचार चौरजहारी अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ । दुई जना घाइतेलाई भने प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
जिप मध्यपहाडी लोकमार्गबाट करिब ५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
चालकका अनुसार ब्रेकफेल भएर जिप दुर्घटनामा परेको हो ।

गोपाल रेग्मी
तपाईँको अभिमत