धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि खतरा
पानी शरीरलाई अति आवश्यक हुन्छ। शरीर स्वस्थ राख्नका लागि समेसम्म धेरै पानी पिउनुपर्ने धारणा आम रुपमा रहँदै आएको छ। तर धेरै पिउदा शरीरमा खतरा हुनसक्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा विधाननिधि पौडेल बताउनहुन्छ।
निजामती कर्माचारी अस्पतालका निर्देशकसमेत रहनुभएका प्रा.डा.पौडेलले हेल्थपाटीसँगको कुराकानीमा धेरै पानी पिउदा स्वास्थ्यलाई फाइदा नहुने जानकारी दिनुभयो।
हामीले शरीरलाई चाहिए जति र शरीरको माग अनुसार पानी पिउनुपर्ने उहाँको भनाइ छ। ‘कसै-कसैले पेट सफा हुन्छ भनेर धेरै पानी पिउने गर्नुहुन्छ तर यो फाइदाजनक होइन’ डाक्टर पौडेल भन्नुहुन्छ, 'धेरै पानी पिउँदा शरीरमा भएको नुन पखालिदिन्छ। पानीले शरीरको नुुन पखालिँदा सोडियम र पोटोसियमको मात्रा पनि घट्छ अनि शरीर बाउँडिन थाल्छ र कति बेहोस पनि हुन सक्छन्।.
शरीरको प्रत्येक कोषमा नुन चाहिने भएकाले पोटासियम घटेमा मुटु नै नचल्ने खतरा पनि रहने उहाँले बताउनुभयो।
डा.निधिका अनुसार वयस्क व्यक्तिको शरीरलाई दिनमा डेढदेखि २ लिटरसम्म पानीको आवश्यक पर्छ। तर एकैपटक धेरै पानी पिउनु नहुने र पटक-पटक गरी पिउनु पर्ने उहाँको भनाइ छ।
शरीर आफैँले पानी माग्ने जानकारी डाक्टर पौडेलले दिनुभयो। धेरै पसिना आउँदा नुन या नुनिलो खानेकुरा खान उहाँको सुझाव छ।
प्रा.डा पौडेलसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले दिनमा पानी कति पिउने ? पानी पिउने सही तरिका के हो ? धेरै पानी पिउँदा कस्ता जोखिम हुनसक्छ ? शरीरलाई नुन किन चाहिन्छ? लगायतका विषयमा कुराकानी गर्नुभएको छ।
विस्तृत भिडियोमा :
हेल्थपाटी
तपाईँको अभिमत