टेकु अस्पतालमा यसरी कोरोनाविरुद्धको खोप लगाइँदै (फोटोफिचर)
काठमाडौँ । बुधबार सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गुर्नभएपछि देशभरका ६२ वटा अस्पतालबाट खोप दिन थालिएको हो ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालको खोप केन्द्रमा सबभन्दा पहिले खोप लिनुभयो । त्यसपछि डा. अनुप बास्तोला, डा. रुना झा लगायतले खोप लिइसक्नुभएको छ ।
टेकु अस्पतालमा रहनुभएका २६० स्वास्थ्यकर्मी तथा कर्मचारीलगायतले आज खोप लगाउने निर्देशक डा. राजभण्डारीले बताउनुभयो । त्यस्तै वरपरका अस्पताल, रोग नियन्त्रण महाशाखा लगायतका अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सफाइकर्मीलाई टेकु खोप केन्द्रबाट खोप प्रदान गरिने उहाँले जानकारी दिनुभएको छ ।
अस्पतालको खोप केन्द्रमा खोप अभियानका क्रममा देखिएका तस्बिरहरू :
तपाईँको अभिमत