सचिव डा. पोखरेल र अतिरिक्त सचिव डा. सिंहलाई बिदाई
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरिएको छ। आइतबार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका उहाँहरुलाई मन्त्रालयले एक कार्यक्रमा आयोजना गरी बिदाइ गरेको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा सचिव हरीप्रसाद मैनालीले उहाँहरुलाई बिदाइ गर्नुभयो ।
बिदाइ समारोहमा मन्त्री पौडेलले औपचारिक पदबाट बिदा भएपनि पोखरेल र सिंहलाई आफूले सल्लाहकारका रुपमा लिइरहने बताउनुभयो ।
डा. पोखरेलले आफ्नो सचिवको कार्यकालमा ८ जना मन्त्रीसँग काम गर्ने मौका मिलेको बताउनुभयो ।
अतिरिक्त सचिव डा.दिपेन्द्ररमण सिंहले आफू हेल्थ असिस्टेन्ट पढाइ सकिनुअघि नै साढे १७ वर्षको उमेरदेखि स्वास्थ्य सेवामा रहेको स्मरण गर्नुभयो ।
डा. पोखरेल र डा. श्रेष्ठ २०७६ फागुन १२ गते विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा हुनु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत