धूम्रपान त्याग्ने पाँच उपाय

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ । तर पनि यसको लत लागेपछि सबैलाई त्याग्न कठिन हुन्छ ।
कठिन भएपनि त्याग्न नसकिने होइन । भित्री मनबाट त्याग्ने सङ्कल्प लिएर विभिन्न उपाय अपनाउँदै यसको लत छुटाउन सकिन्छ । यहाँ पाँच वटा सम्भावित उपाय प्रस्तुत गरिएको छ ।
– केही समस्या पर्दा नातेदारसँग कुरा गरेझैँ तलतल लागेका वेला नातेदारसँग कुराकानी गर्ने ।
– आफूलाई मन लाग्ने कामहरू गर्ने, जस्तै; व्यायाम, योग, सङ्गीत आदिमा ध्यान केन्द्रित गर्ने ।
– चर्पी जाँदा धूम्रपान गर्न मन लागे प्रशस्त पानी पिउने, फलफूल तरकारी खाने, यसले गर्दा पाचन प्रणालीलाई पनि राम्रो गराउँछ ।
– अरूले खाएको देख्दा तलतल लाग्छ भने चिया पिउने, फलफूल खाने तथा चुइगम चपाउने ।
– धूम्रपान त्याग्न प्रयास गरिरहेको कुरा साथीभाइलाई बताउने ।
तपाईँको अभिमत