स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीको राजीनामा स्वीकृत
अ +
अ -
सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ । आइतबार (कात्तिक २५ गते )बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको राजिनामा स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
डा.लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समक्ष राजिनामा बुझाउनुभएको थियो ।
डा.लोहनी करिब एक वर्ष अघि बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
बोर्डको कार्यकारी निर्देशक डा.दामोदर बसौलाको ४ वर्षे कार्यकाल हिजो सकिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत