पाटन अस्पतालमा अक्सिजन प्लान्ट राख्न ललितपुर महानगरले दियाे १ करोड
काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड रुपैया सहयोग गरेको छ । ललितपुर नगरका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच अस्पतालका निर्देशक डा. रवि शाक्यलाई एक करोड रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
मेयर महर्जनले कोरोना महामारीको समयमा पाटन अस्पतालले उत्कृष्ठ काम गरेको भन्दै प्रशंशा गर्नुभयो । महानगर र पाटन अस्पताल बीचको सहकार्यले दुवै पक्षलाई उर्जा प्राप्त भएको भन्दै मेयर महर्जनले आगामि दिनमा पनि अस्पताललाई सहयोग गर्ने वचन दिनुभयो ।
उहाँले ललितपुर जिल्लामा पाटन अस्पताल मार्फत १३ वटा सेटेलाइट अस्पतालले सेवा प्रवाह गरिरहेको बताउनुभयो । कार्यक्रममा निर्देशक शाक्यले असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले हाल अस्पतालमा दैनिक ३ सयवटा अक्सिजन सिलिण्डर खपत हुने गरेको जानकारी दिदै मासिक ३० लाखसम्मको अक्सिजन सिलिण्डर किन्न परिरहेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत