कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै सिल

फाइल तस्विर
उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै सिल गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
१५ दिनको फरकमा कोरोना संक्रमणबाट एकै परिवारका ४३ र ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिलाको मृत्यु भएको वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार ४३ वर्षीयको १५ दिनअघि मृत्यु भएको थियो । एकसाताअघि ३८ वर्षीयको र २ दिनअघि ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएपछि गाउँ सिल गरिएको छ । केहीदिन देखि गाउँमा संक्रमण बढिरहेको छ । १५ दिनअघिदेखि गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेका थिए ।
परीक्षणका क्रममा ५० भन्दा धेरै गाउँलेमा संक्रमण देखिएपछि शनिबारबाट २४ गतेसम्मका लागि गाउँ सिल गरिएको वडाअध्यक्ष खत्रीले बताउनु भयो ।
हेल्थपाटी
तपाईँको अभिमत