चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशकको लागि आज हुने भनिएको प्रस्तुतिकरण र अन्तरवार्ता स्थगित
चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेकाहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको छ।
सर्टलिस्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको हो । नाम सिफारिस समितिले आज तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो ।
सर्ट लिस्टको नाममा नै विरोध गर्दै आइतबार नै सर्वोच्च अदालतमा मुद्दा परेपछि स्थगन गरिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिस्ट गरेको थियो । सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहनुभएको छ भने प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य हुनुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत