बागलुङमा निशुल्क आँखा शिविर, ६८ जनाको शल्यक्रिया
नेपाल नेत्र ज्योति संघले बागलुङमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा सञ्चालन भई सम्पन्न भएको संघले जानकारी दिएको छ ।
फागुन २९ देखि चैत १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६६८ जनाको आँखा परीक्षण र ६८ जनाको निःशुल्क मोतिविन्दुको निशुल्क शल्यक्रिया भएको संघले जनाएको छ।
उपचार खर्चको अभावमा कोही दृष्टिबिहीन भएर बस्नुनपरोस् भन्ने उद्देश्यले नेपाल नेत्र ज्योति संघले स्थानीय सरकारसँग मिलेर उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ।
जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा ढोरपाटलमा शिविर सञ्चालन गरिएको संघले जानकारी दिएको छ।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत