आपूर्ति तालिका संशोधन गरि तत्काल खोप खरिद गर्नु: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच भेटवार्ता भएको छ । बुधबार अर्थमन्त्रालयमा मन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको हाे ।
भेटमा कोरोना खोप तालिका संशोधन गर्ने, खोप तालिका संशोधन गर्ने विषयमा छलफल भएको थियो । अर्थमन्त्री शर्माले फागुनसम्म खोप आपूर्ति तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न राज्यमन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयाे। खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन - जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन सुझाव दिनुभयाे ।
असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्रसमेत धराशायी बन्नसक्ने भन्दै अर्थमन्त्रीले खोप खरिदका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयाे । मन्त्री शर्माले प्राप्त भएका खोप लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएकाे थियाे।
छलफलमा राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताउनुभयाे। उहाँले सम्भव भएसम्म चाडो खोप खरिद गर्न आफु प्रतिबधरहेकाे जानकारी दिनुभयाे । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाउनुभयाे ।
हेल्थपाटी 
तपाईँको अभिमत