एमबीबीएस र बीडिएस एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
अ +
अ -
चिकित्सा शिक्षा स्नातक तह (एमबीबीए र बीडिएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
शैक्षिक सत्र २०८०\ ०८१ मा चिकित्सा शिक्षा स्नातक तह एमबीबीए र बीडिएसमा भर्नाका लागि विद्यार्थी छनौट गर्न २०८० कार्तिक १८ र १९ गते सञ्चालन गरिएको एमबीबीएस र बीडिएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्नेछन् । उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिका रद्द गरिएको छ ।
नतिजामा चित्त नबुझे पुनर्योग गर्नसकिने पनि आयोगले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत