स्वास्थ्य व्यवसायी परिषद्काे लाइसेन्सिङ परीक्षामा १२२० जना पास
अ +
अ -
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले यही भदौ २१,२२ र २३ गते सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।
यस परीक्षामा २०२० जनाले परीक्षा दिएका थिए । ३९ जना परीक्षामा अनुपस्थित थिए । २०२० मध्ये १२२० जना परीक्षमा उतीर्ण भएका छन् । स्नाकोत्तर तहमा ३९ जना सहभागी भएकोमा २० जना उतीर्ण भएका छन् । यो भनेको ५८.८२ प्रतिशत हो । त्यसैगरी स्नातक तहमा २०३ परीक्षार्थी सहभागी भएकामा १३३ जना उतीर्ण भएका छन् ।
यो ६७.१७ प्रतिशत हो । प्रमाण पत्र तहमा १७७८ ले परीक्षा दिएकोमा ११३७ अर्थात ६५ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । परीक्षामा परीक्षार्थीहरु कसैबाट पनि अवान्छित क्रियाकलाप भएको पाइएन ।
हेल्थपाटी
तपाईँको अभिमत