त्रिसुली अस्पतालमा ४५ जनाको कोरोना परीक्षण गर्दा ४४ लाई संक्रमण
अ +
अ -
काठमाडौं । नुवाकोटस्थित त्रिसुली अस्पतालमा ४५ जनाको कोरोना परीक्षण गर्दा ४४ जालाई संक्रमण पुष्टि भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.दिपेन्द्र पाण्डेका अनुसार त्रिसुली अस्पतालमा संकलन भएका ३७ स्वावमध्ये ३६ को रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै स्वास्थ्य कार्यालय रसुवामा १ र निलकण्ठ नगरपालिका धादिङमा ७ जनाको पीसीआर भएकोमा सबैलाई संक्रमण पुष्टि भएको छ ।
देशभर संक्रमण बढिरहेकाले सर्तक रहन पाण्डेले सर्वसाधरणलाई आग्रह गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत