नर्सको माग सम्बोधनका लागि सातै प्रदेशमा कार्यदल गठन
अ +
अ -
सरकारले नर्सहरूको पारिश्रमिक र सेवा–सुविधा सुधारका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा बनेको समितिको बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नेपाल नर्सिङ संघको संयोजकत्वमा प्रत्येक प्रदेशमा सम्बन्धित स्वास्थ्य मन्त्रालय, प्रशासन र आन्दोलनरत नर्सहरूको प्रतिनिधि सहभागी हुने कार्यदल गठन गरिनेछ।
डा. बुढाथोकीले बताउनुभयो, ‘कार्यदलले नर्सहरूलाई कार्यस्थलमा फर्किने वातावरण बनाउन र सेवा–सुविधा सुनिश्चित गर्न अनुगमन तथा सुपरिवेक्षण गर्नेछ।’
हेल्थपाटी
तपाईँको अभिमत