सौर्य एयरलाइन्स विमान दुर्घटना : कस्तो छ घाइते पाइलटको अवस्था ?
त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११:११ बजे भएको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । विमानका चालक ३७ वर्षीय मनीषरत्न शाक्य बाच्न सफल भएका छन् । शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालको इमर्जेन्सीमा रहेका एक चिकित्सकले दिएको जानकारीअनुसार शाक्यको अवस्था खतरामुक्त छ । उनको देब्रे आँखामाथि चोट लागेको छ । आँखा सुन्निएको छ । सिटी स्क्यान गरेर हेर्दा टाउकोभित्र रगत जमेको वा त्यस्तो खालको गम्भीर चोट देखिएको छैन । पछाडि टाड भाँच्चिएको होकि भन्ने आशंका गरिएको छ । अहिले एक्सरे भइरहेको र केहीसमय पछि एमआरआई गर्ने तयारी भइरहेको ती चिकित्सकले जानकारी दिए। बिरामी बोलिरहेको ती चिकित्सकले हेल्थपाटीलाई बताए ।
सबै परीक्षण सकेर आइसीयूमा राखि उपचार गर्ने तयारी भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत