कोरोनाको नयाँ सव - भेरियन्टको जोखिम: सुरक्षाका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ सव भेरियन्टको जोखिम बढेकाले सुरक्षाका उपाय अपनाउन जन समुदायलाई अनुरोध गरेको छ ।
मन्त्रालयले भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न र हातको सरसफाईमा विशेषतः ध्यान दिन अनुरोध गरेको हो ।
हाल विश्वका केही देशहरुमा कोभिड - १९ संक्रमणको नयाँ सव भेरिएन्ट जे. एन. १ को जोखिम बढीरहेको र छिमेकी देशमा पनि संक्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।
यद्यपी पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सव-भेरियन्ट जे. एन. १ हालसम्म नेपालमा पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ ।
कोभिड-१९ को नयाँ सवभेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड- १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको छ, विज्ञप्तिमा भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत