स्वास्थ्यका चार जना कर्मचारी एघारौँ तहमा बढुवा
अ +
अ -
बागमती प्रदेश सरकारले स्वास्थ्यका चार जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन २०७९ अनुसार चार जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, डा.वसन्त अधिकारी, डा.अर्जुन प्रसाद सापकोटा र डा.नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उहाँहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत