९६६ संक्रमित कोरोमुक्त, ३ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ९६६ संक्रमित कोरोनामुक्त भएका छन् भने ३ संक्रमितको मृत्यु भएको छ ।
आज देशभर ७२२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार जनाको पीसीआर परीक्षण भएकोमा ७२२ जनालाई पोजेटिभ देखिएको हो ।
यस्तै, आज काठमाडौं उपत्यकामा ३६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
यस्तै, २४ घण्टामा ९६६ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । यस्तै ३ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७९८ पुगेको छ । अहिले देशभर ७ हजार ७२९ संक्रिय संक्रमित रहेका छन् ।
तपाईँको अभिमत