सिकिस्त कोरोना संक्रमितको संख्या बढ्यो, ५०० जना आइसियुमा
फाइल तस्विर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३८ हजार ३५ कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् । ८ हजार ३०१ जना विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा रहेका छन् ।
अस्पतालमा उपपचारत संक्रमितमध्ये हाल ५०० जनाको अवस्था जटिल रहेको छ । मन्त्रालयका अनुसार ४०४ जना आइसियु र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियु र भेन्टिलेटरमा रहेका संत्रमितमध्ये धेरै बागमती प्रदेशमा रहेका छन् ।
बागमति प्रदेशमा १८४ जना संक्रमित आइसियु र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज देशभर २ हजार ७३६ जनालाई कोरोना पुष्टि भयो जसमध्ये १ हजार ४२९ जना उपत्यकाका रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ६० पुगेको छ । यस्तै ८५३ जना कोरोनामुक्त भएपछि निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
सक्रमित मृतकको संख्या १ हजार १४८ पुगेको छ । २४ घण्टामा १२ हजार ९६० जनाको पीसीआर परीक्षण भयो ।
हेल्थपाटी
तपाईँको अभिमत