यी ५ खेल जसले ३० मिनेटमै ३०० क्यालोरी बर्न गर्छ
यदी तपाई आफुलाई सधै फिट र स्वस्थ देख्न चाहनुहुन्छ र बाहिर निक्लन पनि सक्षम हुनुहुन्न भने यी ५ खेलले तपाईको क्यालोरी बर्न हुनुका साथै वजन पनि कम हुन जान्छ ।
सानो छँदा खेल मन पराए पनि उमेर बढेपछि जीवन विभिन्न कारणले व्यस्त हुन जान्छ । सानो छदा खेल एक किसिमको सम्पत्ति बराबरनै हुन्छ । यो बिना हामी एक दिन पनि बस्न सक्दैनौ । यो नै मनोरञ्जनको एक मात्र माध्यम रहदै आएको थियो । तर यसले आफ्ना साथीहरुसँग झगडा गर्ने र राम्रो समय बिताउन सहयोग गर्दै आएको थियो ।
खेल यस्तो माध्यम हो, जसले शारीरिक र मानसिक स्वास्थ्यका लागि धेरैनै लाभ मिल्दै आएको छ । कयौ मानिस युवा उमेरमा कुनै न कुनै खेललाई आफ्नो व्यायाममा व्यस्त राख्ने गरेका छन् ।
तर पछिल्लो समयमा कार्यालय र स्मार्टफोनका कारण अनलाईन खेलले मानिसको भौतिक अभ्यास अत्यन्त कम भएको छ ।
खेलले हामी फीट हुने मात्रै होइन कि यसबाट तनाव पनि हट्छ । आज हामी तपाईहरुलाई छिट्टै वजन घटाउने खेलको बारेम बताउन गइरहेका छौ ।
साइक्लिङ
केवल ३० मिनेट साइकल चलाउदा ३०० भन्दा बढी क्यालोरी बर्न गर्न सकिन्छ । यो एरोबिकले तपाईको मुटुको स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ । यसले तपाईको शरीरको लचकता र सबलता बढाउछ ।
पौडी
पौडी एक ठूलो शारीरिक गतिविधि हो र वजन कम गर्ने शानदार वर्कआउट हो । केवल १ घन्टा पौडिनाले तपाईको ४०० सम्म क्यालोरी घटाउन सहयोग गर्छ । तर यो पनि गती र शरीरको बनोटमा निर्भर हुन्छ । लचिलोपनाका लागि उत्कृष्ट मानिने र यसले तपाई दिमाग र शरीरलाई तालमेलमा राख्नका लागि सहयोग गर्छ ।
टेनिस
ब्याडमिन्टन जस्तै टेनिस पनि एक शानदार खेल हो, जसले १ घन्टामै ३०० बढी क्यालोरी बर्न गर्न सहयोग गर्छ । उक्त ¥याकेटसँग तपाईले केही समय कोर्टमा बिताउनु भयो भने केही दिनमै मुटको स्वास्थ्यबाट तपाईको खुसीको सिमानै रहन्न ।
यसबाट माशंपेशी पनि कसिलो र हड्डीको क्षमतामा पनि वृद्धि हुन जान्छ । यसले एकाग्रता र शरीर–मनको समन्वयम सुधार हु्न्छ ।
ब्याडमिन्टन
ब्याडमिन्टनले हाम्रो शरीरको सबै भागलाई असर पार्छ । यसले पनि शरीरको विभिन्न भागहरु हात, खुट्टा, मेरुदण्ड लगायतका सबैलाई स्वस्थ राख्नका लागि सहयोग गर्ने अनुभवबाटनै थाहा भइसकेको छ । यो खेललाई कोर्टकै पनि आवश्यकता पर्दैन । १ घन्टा मात्रै ब्याडमिन्टन खेल्दा पनि ४०० क्यालोरी बर्न हुन्छ ।
दौडनु
यदी तपाई छिट्टै फिट देखिन चाहनु हुन्छ भने दौडने गर्नुस । १ घन्टाको दौडले ५०० भन्दा बढी क्यालोरी बर्न हुन्छ । माथिका अन्य गतिविधि जस्तै दौडनलाई पनि कुनै विशेष किसिमको व्यवस्थापन गरिरहनु पर्दैन । दौडाइले तपाईको वजन कम गर्ने र शरीरलाई मजबुत पार्ने काम गर्छ ।
ट्रेडमिल दौडाइका लागि राम्रो विकल्प मानिदै आएको छ । तर, ताजा हावामा डौडदा झनै राम्रो हुन जान्छ । यो तपाईको मानसिक स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । हामीले याे सामग्री नवभारत टाइम्सबाट साभार गरेका हौं ।
तपाईँको अभिमत