निषेधाज्ञामा बिनाकाम सडकमा हिँड्नेलाई समातेर कोरोना जाँच गरिँदै

फाइल फोटो
कोरोना संक्रमणको जोखिम भएको भन्दै देशका विभिन्न क्षेत्रमा अझै पनि निषेधाज्ञा कायमै छ । खुकुलो बनाइएको निषेधाज्ञामा केही गतिवधिमा रोक लगाइएको छ ।
धेरै जसो क्षेत्रमा निषेत्राज्ञा खुकुलो छ । कतै खुकुलो बनाएर पनि फेरि कडाइ गरिएको छ ।
गण्डकी प्रदेशको बागलुङ जिल्लामा गत साउन २८ गतेदेखि निषेधाज्ञा केही कडा बनाइएको थियो ।
यहाँ निषेधाज्ञामा बिनाकाम सडकमा हिँड्नेलाई रोकेर कोरोना जाँच गर्न थालिएको छ । सोमबारबाट जिल्ला सदरमुकामका विभिन्न चोकमा एन्टजेन परीक्षण गर्न थालिएको हो ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार सोमबार नारायणचोकमा ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
बुधबार उपल्लाचौरमा २५ जना र लोकतान्त्रिक चोकमा ९३ जनाको परीक्षण गरिएको थियो । यसरी परीक्षण गर्दा नारायणचोकमा एक जनाको पोजेटिभ र अरु सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।
कोरोना परीक्षण गर्न नमान्नेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ।
यसरी परीक्षण गदौ अनावश्यक हिँडडुल गर्नेहरु सचेत हुने र जिल्लामा संक्रमणको अवस्थाको पनि जानकारी हुने जनस्वास्थ्य अधिकृ खनालले बताउनु भयो। अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० छ ।
हेल्थपाटी
तपाईँको अभिमत