३ महिनादेखि सम्पर्क विहिन डा. साहलाई स्पष्टिकरण माग
३ महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा.सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ ।सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा।साह गत वैशाख १३ गतेदेखि सम्पर्कमा छैनन।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो ।
यसअघि उहाँको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा.साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) ९१० मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।
हेल्थपाटी
तपाईँको अभिमत