६ जनामा कोरोना पुष्टि हुँदा ३ जना निको
अ +
अ -
पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार २७५ पीसीआर परीक्षण गर्दा ६ जनालाई कोरोना देखिएको हो ।
त्यसैगरी २९९ एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन । २४ घण्टामा जम्मा परीक्षण ५७४ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । ३ जना कोरोनामुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ छ ।
हेल्थपाटी
तपाईँको अभिमत