उपत्यकामा आज ४७६ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । उपत्यकामा आज ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ गरी ४ सय ७६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ ।
१६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ ।
तपाईँको अभिमत