काेराेना उपचारमा रेम्डिसिभिर प्रभावकारी भएन : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले रेम्डिसिभिर र हाइड्राक्सीक्लोरोक्वीन औषधि कोरोना संक्रमितका लागि प्रभावकारी नहुने पाइएको बताएको छ । डब्ल्यूएचओले कोरोना उपचारमा प्रयोग भइरहेका ४ वटा औषधिको विस्ततृ परीक्षण गरेको थियो ।
३० वटा देशका फरक फरक अस्पतालका ११ हजार २६६ जना संक्रमितलाई रेम्डिसिभिर,हाईड्रोक्सीलोरोक्विन,अटो इम्यून ड्रग इन्टरफेरान र एचआईभीको औषधिलाई संयोजन गरी लोपिनावीर र रिटोनावीर औषधिको परीक्षण गरिएको थियो ।
संक्रमितको जीवन रक्षा र लक्षण कम गर्न रेम्डिसिभिर औषधिको प्रभाव नदेखिएको डब्ल्यूएचओको अध्ययनले देखाएको छ । यद्यपी रेम्डिसिभिर औषधि निर्माणकर्ता गिलियडले डब्ल्यूएचओको भनाइलाई नकारेको छ ।
रेम्डिसिभिर कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएको पहिलो औषधि थियो । यो औषधि अमेरिकी राष्ट्रपति देखि सामान्य नागरिकसम्मलाई चलाइएको छ । रेम्डिसिभिरबाट हाल विश्वभर गम्भिर अवस्थाका संक्रमितको उपचार भइरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत