राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न
अ +
अ -
राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उहाँको शल्यक्रिया गरिएको हो ।
शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
राष्ट्रपति पौडेललाई बुधबार बिहान उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत