४ वर्षमा पूर्ण भयो सरकारी नर्सिङ संघ, १७ सदस्यिय तदर्थ समिति
काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरुको संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको छ । नेपाल नर्सिङ संघका कोषाध्यक्षसमेत रहनुभएकी कल्पना श्रेष्ठको अध्यक्षतामा सरकारी नर्सिङ संघ गोनानको निर्माण गरिएको हो ।
तदर्थ समितिको उपाध्यक्षमा रमिला चौलागाई, महासचिवमा राजकुमारी ज्ञवाली, सचिवमा मित्रा देवकोटा, कोषाध्यक्षमा प्रमिला थकाली हुनुहुन्छ । यस्तै सदस्यहरुमा लक्ष्मी केसी, भीमकुमारी श्रेष्ठ, कल्पना जोशी, सिता पोखरेल, यशोदा बराल, भगवती भण्डारी, बेली पौडेल, लक्ष्मी मरासिनी, सरिता तिमल्सिना, राधा आचार्य, मिरा निरौलार मेनुका पौडेल हुनुहुन्छ ।
सरकारी सेवामा रहेका नर्सहरुलाई एकतावद्ध बनाइ नर्सहरुको हकहित तथा उनीहरुको मुद्धालाई सम्बोधन गर्न संघको निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
संघमा स्टाफ नर्स, नर्सिङ अधिकृत, अनमी,अवकासप्राप्त सरकारी नर्सहरुलाई सामेल गराइने श्रेष्ठले बताउनुभयो । ‘करिव ३–४ वर्ष भयो हामी दर्ता प्रक्रियामा लागेको । आज बल्ल यसले पूर्णता पायो । सरकारी नर्सहरुको समस्या, सरुवा, बढुवा लगायतका विषयमा आवाज उठाउन भनेर हामीले संघ बनाएका हौ । ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
हाल २८ सयदेखि ३ हजारको संख्यामा स्टाफ नर्स तथा अधिकृत रहेका छन् भने ४ हजार जति अनमी सरकारी संस्थामा आवद्ध छन् ।
हेल्थपाटी
तपाईँको अभिमत