देशभर थपिए ११७२ संक्रमित, काठमाडौं उपत्यकामा ६३७

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ ।
जसमध्ये ४९ हजार ९५४ जना उपचारपछि निको भएका छन् । काठमाडौं उपत्यकामा ६३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनालाई कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । पछिल्लो २४ घन्टामा थप १८९३ जना डिस्चार्ज भए ।
यसैबीच पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सख्या ४३६ पुगेको छ । २४ घण्टामा ९ हजार ४९७ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत