भिजन २०२०/आइएपीबीको नीति तथा योजना म्यानेजरमा दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ नियुक्त
भिजन २०२०/आइएपीबीको नीति तथा योजना म्यानेजरमा नेपाली दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ नियुक्त हुनुभएको छ । इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)मा पहिलो पटक नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको हो । आइएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो ।
भिजन २०२० को मुख्यालयको नीतिगत तहमा पुग्ने उहाँ पहिलो नेपाली दृष्टिरोग विशेषज्ञ हुनुहुन्छ । उहाँ नेपाल दृष्टि विशेषज्ञ संघका कोषाध्यक्षसमेत हुनुहुन्छ । उहाँले लण्डनको हाइजिन तथा ट्रपिकल मेडिसिन र इकोनोमिक तथा राजनीतिक विज्ञान स्कुलमा अध्ययन गर्नुभएको छ ।
साथै उहाँले सन् २०११ देखि गरिबी निवारणका लागि स्वास्थ्य तथा शिक्षा कार्यक्रममा भोलियन्टर भएर काम गर्नुभएको थियो । त्यसताका उहाँ १०० भन्दा बढी आँखा शिविरहरुमा सहभागी भई आँखा स्वास्थ्यका बारेमा ग्रामीण भेगमा जनचेतना फैलाउँदै हिडिरहनु भएको छ ।
आँखा क्षेत्रको सबैभन्दा ठूलो अन्तराष्ट्रिय संस्थामा नीतिगत तहमा नेपाली पुग्नु नेपालकै गौरव रहेको भन्दै दृृष्टि विशेषज्ञहरुले उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत