देशभर थप ३०४२ लाई संक्रमण पुष्टि, उपत्यकामा ८९८ जना
२२४४ जना संक्रमणमुक्त, २६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७ हजार ६५४ जनाको कोरोना परीक्षण भएकोमा ३ हजार ४२ जनालाई पोजेटिभ देखिएको हो ।
सोही अवधिमा २२ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् । जसमध्ये ७१४ जना आइसियु र १७१ भेन्टिलेटरमा उपचाररत छन् ।
अहिलेसम्म नेपालमा ७ लाख ४४ हजार ३०७ पीसीआर र ७९ हजार ३४० एन्टीजेनमा गरि ८ लाख २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ ।जसमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ ।
यसैबीच आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत