त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य
मेडिकल क्याम्पस प्रमुखमा डा. उप्रेती

अ +
अ -
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा. सुवाश आचार्य नियुक्त हुनुभएको छ ।
छनोट समितिले गरेको सिफारिसका आधारमा त्रिवि सेवा आयोगले उहाँलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि नाम सिफारिस गर्न गठित छनौट समितिले बुधबार प्राडा आचार्यसहित ४ जनाको अन्तर्वार्ता लिएको थियो ।
डा. आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत हुनुन्छ । यसैगरी, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा. सुरेश उप्रेती नियुक्त हुनुभएको छ। यसअघि उहाँ सहायक क्याम्पस प्रमुख हुनुन्थ्यो ।
तपाईँको अभिमत