कलेजो प्रत्यारोपण गरिएका ३ वर्षका बालक डिस्चार्ज
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएका ३ वर्षका बालक डिस्चार्ज भएका छन् । उनको नौ दिन अघि कलेजो प्रत्यारोपण गरिएको थियो । ३० बर्षीया आमाले ३ वर्षका छोरालाई कलेजो दान गर्नुभएको थियो । उहाँ ३ दिन अघि नै डिस्चार्ज भइसक्नु भएको केन्द्रले जनाएको छ ।
प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
बालकमा कलेजो प्रत्यारोपण गर्न केन्द्रले भारतीय चिकित्सकसंगै केन्द्रले कान्ति र पाटन अस्पतालको समेत बालरोग विशेषज्ञहरुको समेत सहयोग लिएको थियो ।
प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा.पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा बरिष्ठ बालरोग विशेषज्ञ डा. सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा. बर्षा बर्मा लगायतको सहभागिता थियो ।
देशमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने यस केन्द्र सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रको रुपमा परिचित छ । केन्द्रमा अहिलेसम्म १८ जनाको कलेजो र १ हजार १८८ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत