कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री ओली
अ +
अ -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको बताउनुभएको छ ।
सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको भन्दै कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको भन्दै असुन्तुष्टि व्यक्त गर्नुभयो ।
पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त भएको बताउनुभयो । भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उहाँको दाबी छ ।
हेल्थपाटी
तपाईँको अभिमत