स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
माघ २४ गते सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशकको दरखास्त मागेको हो।
बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै १० दिन भित्र मन्त्रालयमा दरखास्त पेश भनेको छ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने प्रावधान रहेको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्नेछन्।
हेल्थपाटी
तपाईँको अभिमत