बर्ड फ्लूले १६०० कुखुरा मरे, जंगली पंक्षीमा पनि देखियो

सांकेतिक तस्बिर ।
उदयपुरमा बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुराहरु मरेका छन् । उदयपुरको ताप्ली गाउँपालिका– ३ इनामेमा बर्ड फ्लू भेटिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिनुभयो ।
डा.शाहका अनुसार एक किसानको लोकल कुखुरा, परेवा, टर्कीलगायतका पक्षीमा बर्ड फ्लू पाइएको छ । बर्ड फ्लूकै कारण त्यस क्षेत्रका १६०० भन्दा बढी कुखुरा मरेका छन् ।
केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लू देखिएको साहले बताउनु भयो ।
शंका लागेर परीक्षण गर्दा २० वटा लेयर्स कुखुरा, ५ जंगली पंक्षी र ३ परेवाको नमूना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लू पुष्टि भएको साहको भनाइ छ ।
भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्ड फ्लू भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।
उदयपुरमा पहिलो पटक बर्ड फ्लू भेटिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत