भारतमा संक्रमण दर आकासिँदै, ३ लाख ५० हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमण दर आकासिएको भारतमा आज एकै दिन ३ लाख ५४ हजार जना नयाँ संक्रमित थपिएका छन् । योसहित भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको संख्या १ लाख ९५ हजार नाघेको छ।
भारतमा कोरोना महागरीको संकट बढ्दै गएपछि अमेरिकाले कोभिशिल्ड खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि सहमति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गर्दै भारतमा गहिरिँदै गएको कोरोना संकट न्यूनीकरणका लागि सहयोग गर्न लागिएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको यो संकटको बेला आफूहरू भारतको साथमा रहेको बताउनुभएको छ ।
तपाईँको अभिमत