१०७९ संक्रमित कोरोमुक्त, ७ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १०७९ संक्रमित कोरोनामुक्त भएका छन् भन् ७ संक्रमितको मृत्यु भएको छ ।
आज देशभर ७४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको पीसीआर परीक्षण भएकोमा ७४२ जनालाई पोजेटिभ देखिएको हो ।
यस्तै, आज काठमाडौं उपत्यकामा ३११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।
हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७९५ पुगेको छ । अहिले देशभर ७ हजार ९७६ संक्रिय संक्रमित रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत