अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,४११ पुग्यो, हजारौँ घाइते
अफगानिस्तानको पूर्वी भागमा आइतबार राति आएको ६.० रेक्टर स्केलको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १,४११ पुगेको छ । सरकारी प्रवक्ताका अनुसार तीन हजारभन्दा बढी घाइते भएका छन् ।
धेरै घर पूर्ण रूपमा भत्किएका कारण उद्धार कार्य अझै कठिन बनेको बताइएको छ ।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको छ अलजजिराले बताएको छ । त्यहाँ सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय बासिन्दाले आफन्तलाई मलबामुनि फसेको देखेका भए पनि उद्धार उपकरण र स्वास्थ्य सुविधाको अभावले तत्काल सहयोग पाउन कठिनाइ भएको बताइरहेका छन् ।
उद्धार टोली र सुरक्षाकर्मीहरू निरन्तर रुपमा खोजी कार्यमा खटिएका छन्। अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि तालिबान सरकारले आह्वान गरेको छ । विपद्बाट प्रभावित क्षेत्रमा खाद्य, औषधि र अस्थायी बसोबासको तीव्र आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत