प्रि-डायबिटिज : जोखिममा रहेका व्यक्तिले अपनाउनुपर्छ यस्तो सावधानी (भिडियो)
नसर्ने रोग बढ्नुका कारणमा मधुमेह र मुटुरोग हुन् दीर्घकालिन जटिलताहरू देखिएका छन् । मधुमेह नियन्त्रणमा आउन नसके यसले आँखा, मुटु, मिर्गाैलामा असर पुर्याउँछ ।
त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं मधुमेह थाइरोइड तथा हर्माेनरोग विशेषज्ञ डा. नरेश पराजुलीले विभिन्न प्रदेशमा गरिएको तथ्यांक अनुसार नेपालमा ६ देखि ८ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको जानकारी दिनुभयो । उहाँले ३ जना मधुमेह भएका बिरामीमध्ये १ जनामा मुटुको समस्या देखिएको बताउनुभयो ।
उहाँका अनुसार दक्षिण एसियामा ११ मध्ये १ जनामा मधुमेहको समस्या रहेको छ । सबैभन्दा पहिला मधुमेहको जोखिममा रहेका व्यक्तिहरू पहिल्याउन जरुरी हुने उहाँले बताउनुभयो ।
३५ वर्षभन्दा बढी उमेरका व्यक्ति, परिवार सदस्य कसैलाई मधुमेह भए, मोटोपना, पाठेघरको समस्या, गर्भवस्थामा मधुमेह भएका आमाको सन्तान, लामो समयदेखि चिनी बढाउने औषधि लिइरहेका व्यक्ति, व्यायाम नगर्ने व्यक्तिमा मधुमेहको जोखिममा रहने डा. पराजुलीले सचेत गराउनुभयो ।
तौल घट्नु या बढ्नु, पिसाब धेरै लागे तिर्खा लागे र मधुमेहको जोखिममा रहेका व्यक्तिले मधुमेहको जाँच गराउनपर्छ र ३ महिनासम्म नियमित परिक्षण गर्न उहाँले सुझाव दिनुभयो ।
कुनैपनि व्यक्तिमा प्रि - डायबिटिज स्टेज विगत ३ महिनामा रगतमा चिनीको मात्रा जाँच गरेर पत्ता लगाउन सकिन्छ । कुनै पनि व्यक्तिले जुनसुकै बेलामा शरीरमा चिनीको मात्रा एचबीएवानसीको परीक्षणबाट जाँच्न सक्छन् । जाँचमा एचबीएवानसी यदि ५.६ देखि ६. ४ सम्म छ भने प्रि - डायबिटिजको अवस्था भनेर बुझ्नपर्छ ।
जोखिममा रहेका व्यक्तिहरूले विगत ३ महिनादेखि रगतमा देखिएको चिनीको मात्रा मापन गर्न परिक्षण गर्नपर्छ र फलोअप परिक्षण गर्नपर्छ ।
शरीरमा चिनीको मात्रा एचबीवानसी जाँचबाट पत्ता लाग्छ । खाली पेटमा चिनीको मात्रा १०० भन्दा माथि १२६ भन्दा मुनि र खाना खाएपछि सुगर १४० भन्दा माथि र २०० भन्दाकम छ भने त्यो अवस्थालाई प्रि - डायबिटिज भन्ने गरिन्छ ।
शरीरमा चिनीको मात्रा एचबीवानसी जाँचबाट पत्ता लाग्छ । खाली पेटमा चिनीको मात्रा १०० भन्दा माथि १२६ भन्दा मुनि र खाना खाएपछि सुगर १४० भन्दा माथि र २०० भन्दाकम छ भने त्यो अवस्थालाई प्रि - डायबिटिज भन्ने गरिन्छ ।
प्रि - डायबिटिजको अवस्थामा बिरामीले खानामा कार्बाेहाइड्रेटको मात्रा घटाउन, तनावमा नबस्न, व्यायाम गर्नपर्ने उहाँले बताउनुभयो । सुझाव दिने गरेको उहाँले बताउनुभयो ।
मधुमेह के हो ?
शरीरमा चिनीको मात्रा आवश्यक भन्दा बढी बढ्दा मधुमेह रोग निम्तिन्छ । इन्सुलिनको मात्रा निस्क्रिय भएको या कम भएको अवस्थामा शरीरमा चिनीको मात्रा बढ्न जान्छ । मधुमेह भएका सबैलाई सुरुमै औषधिको आवश्यक पर्दैन । भर्खरै मधुमेह देखिँदैमा, केही मात्रामा बढ्दैमा औषधि खाइहाल्न पर्दैन । बिरामीको स्वास्थ्य अवस्था मात्रा हेरेरमात्र औषधि दिइने गरिन्छ ।
‘मधुमेह नियन्त्रणको पहिलो औषधि जिवनशैली, खानपान र व्यायाम हो,’ पराजुलीले भन्नुभयो, ‘यी तरिकाबाट मधुमेह नियन्त्रण हुन्छ भने औषधि चलाउनपर्दैन । खानपिन, जिवनशैलीलाई सन्तुलित बनाउन सके ५८ देखि ६० प्रतिशत व्यक्तिलाई मधुमेह हुनबाट जोगाउन सकिन्छ । ’

हेल्थपाटी
तपाईँको अभिमत