डाक्टरलाई नकुट्नुहोस्, हामीलाई उजुरी गर्नुहोस् : मेडिकल काउन्सिल
नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा वा स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको मृत्यु भएको विषयलाई लिएर चिकित्सकहरु माथि भौतिक रुपमा भएको आक्रमणको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले विज्ञप्ति निकालेर चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापरवाही वा हेलचेक्राई भई कुनै घटना भएको भए त्यस बारे गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाहरूको छानविन भैरहेको जनाएको छ ।
‘उपचारसँग सम्बन्धित कुनै घटना भए सो बारे नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपिल गर्दछ विज्ञप्तिमा भनिएको छ । ’
हेल्थपाटी
तपाईँको अभिमत