मिर्गौला रोगीसँग यौन सम्पर्क गर्दागर्दै मृत्यु भएपछि नर्सको लाइसेन्स खोसियो
मिर्गौला बिरामीसँग यौनसम्पर्क गर्दागर्दै मृत्यु भएपछि बेलायतकी एक नर्स कारबाहीमा परेकी छिन् ।
विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रकाशित खबर अनुसार घटना गतवर्ष जनवरीको हो । बेलायत सम्वद्ध राज्य वेल्सको व्रेक्सह्याम शहरको हो ।
‘बिरामी ए’ नाम दिइएका ती व्यक्ति मिर्गौला रोगी थिए । द सन युकेमा प्रकाशित खबर अनुसार विलियम्सले २०१९ अक्टुबरदेखि बेट्सी क्याडवालडर विश्वविद्यालय स्वास्थ्य बोर्डको होमोडायलासिस इकाइमा काम गर्दै आएकी थिइन् ।
ती बिरामी डायलासिसका लागि नियमित त्यहाँ जाने गरेका थिए । विलियम्सले ‘बिरामी ए’ लाई उपचारमा सहयोग गर्दै आएकी थिइन् ।जनवरी २०२१ देखि उनीहरू बीच यौन सम्बन्ध सुरु भएको थियो।
त्यसदिन उनीहरू यौन सम्पर्ककै लागि भेटेका थिए । एक निजी अस्पतालको विद्यार्थी नर्सिङ कार पार्किङमा उनीहरूले भेटेका थिए।
कारको पछाडि बसेर यौन सम्पर्क गर्दागर्दै ‘बिरामी ए’ अवस्थ भए । त्यसपछि विलियम्सले एम्बुलेन्स तथा आपतकालीन सेवामा खबर गर्नुको सट्टा सहायताका लागि आफ्नो सहकर्मी नर्सलाई बोलाइन् । छानबिन समितिका अनुसार राति ११ बजेर ५६ मिनेट जाँदा विलियम्सले सहकर्मीलाई बोलाएको पाइएको छ।
ती सहकर्मीले तुरुन्तै एम्बुलेन्नस बोलाउन आग्रह गरेकी थिइन् । रुँदै गरेकी विलियम्सले एम्बुलेन्स तथा आपतकालीन टिम बोलाउन अस्वीकार गरिन् । ती सहकर्मीले एम्बुलेस्न बोलाइन् अनि बिरामीलाई बचाउने गरिन् तर ‘बिरामी ए’को मृत्यु भयो ।
आपतकालीन टिम पुगेर कारबाट निकाल्दा मृतक बिरामीको शरीरको तल्लो भाग नग्न अवस्थामा रहेको पाएका थिए । ती व्यक्तिको मृत्युको कारण मुटु फेल हुनु र पुरानो मिर्गौला रोग उल्लेख गरिएको छ ।
सुरुमा विलियम्सले बिरामीसँग यौनसम्पर्क गरेको स्वीकारेकी थिइनन् । नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल(एनएमसी) ले एक जाँच कमिटी गठन गरी घटनाको बारेमा छानबिन गरेको थियो। साथै स्वास्थ्य बोर्डले पछि छानबिन गरेको थियो।
स्वास्थ्य बोर्डले फेब्रुअरीमा बयान दिँदा विलियम्सले ती व्यक्तिले फेसबुकमार्फत आफू अवस्थ रहेको खबर दिएपछि भेट्न आएको भनेकी थिइन् । भेटेर ४० मिनेट जति कुरा गरेसकेपछि एक्कासी कराएको र मृत्यु भएको बताएकी थिइन् ।
पछि मे महिनामा पुन: सुनुवाइका क्रममा विलियम्सले घटनाबारे स्वीकार गरेकी थिइन् । घटनाबारे जानकारी पाएपछि उनलाई कारबाही गरिएको छ ।
स्वास्थ्य बोर्डले विलियम्सनले तीन गल्ती गरेको जनाएको छ । बिरामीसँग अन्तरंग तथा यौन सम्बन्ध बनाएको, बिरामीसँग फेसबुक तथा फोनमार्फत सम्पर्क गरेको, काम भन्दाबाहेक बिरामीसँग बाहिर भेटेको ।
साथै आपतकालीन अवस्थामा एम्बुलेन्स नबोलाएर बिरामीलाई मृत्युको जोखिममा पुर्याएको आरोप विलियम्सनलाई लागेको छ ।
विलियम्सनले बिरामीसँग अन्तरंग सम्बन्ध राखेर नर्स पेशालाई नै बदनाम बनाउने काम गरेको ठहर एनएमसीले गरेको छ ।
दी सनका अनुसार उनलाई १८ महिना प्रतिबन्ध लगाइएको छ । त्यसपछि पुन: निवेदन दिनुपर्नेछ।
तपाईँको अभिमत