टाउको दुख्नुका ७ कारण (भिडियो)

अ +
अ -
मानिसको टाउको अति महत्वपूर्ण भाग हो । यसको स्वास्थ्य राम्रो हुन जरुरी हुन्छ । यद्यपि कुनै बेला अस्वस्थ हुने गर्छ ।
टाउको बेलाबेला दुख्ने गर्छ । ‘टाउको दुखाइ आफैमा रोग होइन’, जिरी अस्पताल, दोलखामा कार्यरत जनरल प्राक्टिसनर डा. राजु गुरुङ भन्नुहुन्छ, ‘टाउको विभिन्न कारणले दुख्ने गर्छ, त्यो कारण चाहिँ रोग हो ।’
टाउको दुख्नुका ७ कारण डा. गुरुङले बताउनुभएको छ:
– माइग्रेन हुनु,
– टाउकोमा पानी जम्मा हुनु तथा ट्युमर पलाउनु,
– जुकाको फुल हुनु,
– आँखामा समस्या हुनु,
– तनाव हुनु,
– बाथरोग,
– प्रेसर तथा सुगर नियन्त्रण नभएका कारण पनि टाउको दुख्न सक्छ ।
तपाईँको अभिमत