पूर्णखोप लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन पाउने
अ +
अ -
कोरोना विरुद्धको खोपको बुस्टर मात्राका सम्बन्धमा अवधि परिवर्तन गरिएको छ । यसअघि खोपको पहिलो श्रृखला वा पूर्णमात्रा खोप लगाएको ६ महिना पुरा भएपछि बुस्टर लगाउँदै आइएकोमा अब ३ महिना पुगेपछि लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसमा उक्त निर्णय लिएको हो ।
खोपको उपलव्धताको आधारमा अभियान मार्फत बुस्टर खोप प्रदान गर्न तथा तोकिएका खोप केन्द्रहरुबाट खोप लगाउन ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई छुट खोप प्रदान महाशाखाले पत्राचार गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत