औषधिको मूल्य समायोजन गरिने, कार्यविधि बनाउन सरकारको निर्देशन
अ +
अ -
सरकारले औषधिको मूल्य समायोजनको प्रक्रिया अघि बढाउने भएको छ । यसका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारले निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा औषधिको बैज्ञानिक मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई जिम्मा दिने निर्णय गरेको हने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको सरोकारवालाको बैठकले औषधिको सहज उपलव्धता र आपूर्तिका लागि मूल्य समायोजनको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो । विभागले अध्ययन गरेर कार्यविधि बनाएर स्वास्थ्य मन्त्रालयमा पठाउने छ।
तपाईँको अभिमत