चीनमा पनिभेटियो कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन
अ +
अ -
चीनमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फेला परेको छ । उत्तर चीनको तियान्जिन शहरमा एक व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको सीजीटीएनले जानकारी दिएको छ।
सीजीटीएनले दिएको खबर अनुसार विदेशबाट आएका ती व्यक्तिमा ९ डिसेम्बरमा कोरोना संक्रमण देखिएको थियो । उनमा नयाँ भेरियन्ट रहेको कुरा त्यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरुले सोमबार मात्रै खुलासा गरेका छन्। यसअघि चीनमा नयाँ ओमीक्रोन भेरियन्ट संक्रमण फेला परेको थिएन ।
तियान्जिन प्रवेश गरे देखि नै एकान्तबासमा रहेका ती व्यक्तिको राष्ट्रियता र ट्राभल हिस्ट्री भने गोप्य राखिएको छ ।
सामान्य लक्षण देखिएका उनलाई अस्तपालको आइसोसनमा राखिएको र उनको उपचार भइरहेको सीजीटीएनले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत