बालबालिकाका लागि सातै प्रदेशमा अस्पताल बनाइने
अ +
अ -
काठमाडौंँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उहाँले भन्नुभयो, ‘कोरोनाको तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञहरूले भनिरहनुभएको छ ।
त्यसको तयारी गरेका छौँ । सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष निर्माण गर्ने कार्यक्रम अगाडि बढाएका छौँ ।’
नगरिकको जीवनरक्षा गर्नु आफ्नो पहिलो दायित्त्व भएको बताउनुभयो । ‘सबै नागरिकको जीवन रक्षा गर्ने दायित्व र भूमिका लिएर आएको छु । अहिलेको प्राथमिकता कोरोनाको कहरकबाट मुक्त गर्ने हो, कोरोनाविरुद्धको लडाइँ लड्ने हो,’ उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत